TodayPati

एकीकृत समाजवादीको प्रदेश २ इन्चार्जमा धर्मनाथ साह तोकिए

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

नेकपा एकीकृत समाजवादी पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठकले सुदूरपश्चिमबाहेकका सबै प्रदेशमा इन्चार्ज तोकेको हो ।

एकीकृत समाजवादी पार्टीको प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ प्रसाद साह तथा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी केदार न्यौपानेलाई दिएको छ ।

Sponsored

यस्तै गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् भने लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी तोकिएका छन् । कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोक्न बाँकी छ । सुदूरपश्चिममा उर्वादत्त पन्त वा रामकुमार ज्ञवालीमध्ये एक जनालाई इन्चार्ज बनाउने सम्भावना छ ।

एकीकृत समाजवादीले उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *