TodayPati

प्रदेश २ संसदीय दलमा एमालेभन्दा एकीकृत समाजवादी बलियो, थप दुई सांसदले गरे सनाखत

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

प्रदेश २ मा नेकपा एमालेका थप दुई प्रदेश सांसद माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।

एमालेतिरै रहने भनिएका दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेश सांसद सीता गुरुंग आइतबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

Sponsored

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर दुबैजना एकीकृत समाजवादीमा सनाखत गरेसंगै एमाले भन्दा बलियो समाजवादी भएको छ ।


२१ जना प्रदेश सांसद रहेको एमालेमा अब मात्र ८ सांसद बाँकी छ । एमालेका १३ जना प्रदेश सांसद एकीकृत समाजवादीमा सनाखत गरिसकेको छ ।

यसअघि बिहीबार एमालेका ११ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए । प्रदेश सांसदहरु सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव , प्रमोद यादव र डिल्ली उप्रेतीले सनाखत गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *