TodayPati

धनुषाको बटेश्वर गाउँपालिकामा माओवादी केन्द्रको २१ सदस्यीय वडा कमिटी गठन

टुडेपाटी-
बटेश्वर, भदौ १९ गते ।

धनुषाको बटेश्वर गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रको वडा अधिवेशनबाट २१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा गठन गरिएको छ ।

वडा अधिवेशनबाट अध्यक्षमा रामप्रकाश साह र सचिवमाआस बहादुर जर्घा सचिव रहने गरी ५ सदस्यपछि थप्ने गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

Sponsored

कमिटीको सदस्यहरुमा विशेश्वर महतो, अनुसा श्रेष्ठ, नारायण आले, इन्श्वर देवी ठाकुर, मिना पासवान, देवशरण रविदास, सिता साह सोनार, कान्ता भुजेल, अर्जुन थापा, लक्ष्मीनियाँ देवी महरा, जित बहादुर पासमान, मदन पासमान, विशे रविदास, सीता पासमान, शुक्र बहादुर राना रहेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यसमेत रहेका धनुषा जिल्ला सचिव दिपक यादवको प्रमुख आतिथ्य र प्रदेश सदस्य तारा देवी महतो र देवसागर दासको विशिष्ट आतिथ्यतामा आयोजित वडा अधिवेशनमा जिल्ला सदस्य जागेश्वर महतो, बरिष्ठ नेता वौएलाल महतो, पूर्व गाविस अध्यक्ष रामचन्द्र महतोको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सरोज यादव, माओवादी केन्द्रका तर्फबाट अध्यक्षका प्रत्यासी उम्मेदवार पदम लामा, उपाध्यक्षका प्रत्यासी नेता रेखा देवी महतो, वाईसीएल नेता रामकुमार महतो, सरोज शर्मा, राजकिशोर महतो, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार दीपेन्द्रप्रसाद सिंह, जिल्ला संयोजक शैलेन्द्र महतो, शिक्षकका प्रदेश सचिव रामवृक्ष महतोलगायत सयौं जनाको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *