TodayPati

कोरोना भाइरस त्रास : इतिहासमै पहिलो पटक जानकी मन्दिरको पट सर्वसाधारणकालागि बन्द

टुडेपाटी
जनकपुरधाम, चैत १६ गते ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण हिन्दु धर्मालम्बीको आस्थाका केन्द्र जनकी मन्दिरको पट सर्वसाधारणकालागि बन्द गरिएको छ ।

कोरोनाका संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै मन्दिरमा भीड हुन नदिनका लागि मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएको हो ।

यद्यपि मन्दिरमा प्रत्येक दिन बिहान बेलुका हुने पूजा अझै जारी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

Sponsored

मन्दिरको पट सर्व साधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ । सन् १९११मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि बन्द गरिएको हो ।
भगवान रामको जन्मोत्सव रामनवमीको ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द हुनुले रामनवमी मेला लाग्ने सम्भावना समेत क्षीण भएको छ ।

रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजा अर्चना हुनेगथ्र्यो । तर यस पटक कारोना भाइरसको त्रासका कारण रामनवमी समेत प्रभावित भएको छ।

रामनवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि कुनै पनि उत्सवको कार्यक्रम नराखिएको उत्तराधिकारी महन्थ दासले वताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *