TodayPati

एकीकृत समाजवादीमा सनाखत गर्ने भनिएका प्रदेश २ का दुई सांसद एमाले बैठकमा सहभागी

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने पक्षमा रहेका प्रदेश २ का दुईजना सांसद एमाले बेठकमा सहभागी भएका छन् । खराब मौसमका कारण सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरमा आउन नसकेको बताइएका प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ वीरगन्जमा एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका छन् ।

सांसद विश्वकर्मा र गुरुङ पार्टीको विवाद सुरु भएदेखि कुन पक्षमा लाग्नेबारे खुलेका थिएनन् । यसअघि एमालेको माधव नेपाल समूहले प्रदेशसभामा सचेतक राख्ने भएपछि नेपालतिर लागेका थिए । बैठकमा सहभागी एमालेका जातीय मुक्ति समाजका केन्द्रीय सदस्य सन्त परियारले सांसद विश्वकर्मा र गुरुङ उपस्थित भएको पुष्टि गरे ।

Sponsored

बिहीबार दिउँसो प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा नेकपा एकीकृत समाजवादी पार्टीमा ११ जना प्रदेश सांसदले सनाखत गरिसकेका छन् । जसमध्ये एकजना सांसद नयाँदिल्लीमा उपचारको क्रममा रहेका कारण उनी दूतावास मार्फत पत्र पठाएर सनाखत गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *