TodayPati

प्रदेश २ : एमालेका ११ प्रदेश सांसदले नेकपा समाजवादीमा गरे सनाखत, २ जना गर्न बाँकी

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

नेकपा एमालेका ११ जना प्रदेश २ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार दिउँसे १० जना भौतिक रुपमा र एकजनाले पत्र मार्फत सनाखत गरेका हुन् ।

Sponsored

प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् ।

पत्र मार्फत भने क्यान्सर पीडत भइ उपचारमा रहेका डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकाकरी दिए ।

No description available.


एकीकृत समाजवादी पार्टीीमा सनाखत गर्न सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुंग छुटेका छन् ।

Sponsored

उनीहरु विशेष कामले ाठमाडौं रहेकाले २ दिन भित्रै निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने प्रदेश सांसद महतोले बताए ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।

एमाले प्रदेश २ संसदीय दलमा ओली पक्ष पहिलेदेखि नै कमजोर छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *