TodayPati

उपेन्द्रबाट धोका पाएका प्रदेश २ का सांसद गिरीले लोसपा रोजे

टुडेपाटी-
जनकपुरधाम, भदौ १७ गते ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका थप एक प्रदेश सांसद नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरी लोसपामा प्रवेश गरेका हुन् ।

Sponsored

उनी बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपाका पक्षमा सनाखत गराएका छन् । उपेन्द्र यादवले मधेस आन्दोलन, सहिद तथा घाइते परिवारलाई धोका दिएर मधेसको मुद्दा विसर्जन गरेको आरोप लगाउँदै आफूले लोसपा रोजेको गिरीले बताए ।

प्रदेश २ मा जसपामा पूर्व समाजवादी ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्य छन् । बुधबार जसपाका १० जना प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपाका पक्षमा सनाखत गराइसकेका छन् भने सनाखत गर्न बाँकी प्रदेश सांसदहहरुले आज बेलुकासम्म सनाखत गर्ने बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *