सडकमा गुडिरहेको कारलाई खोलाले बगायो, चार महिलाको मृत्यु
टुडेपाटी-
दाङ, भदौ १७ गते ।
सडकमा गुडिरहेको कारलाई खोलाले बगाउँदा चार महिलाको ज्यान गयो
टुडेपाटी
दाङमा सडकमा गुडिरहेको कारलाई खोलाले बगाउँदा चारजना महिलाको ज्यान गएको छ ।
घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले बुधबार राति १० बजेतिर प्र–३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा चारजना महिलाको ज्यान गएको हो । चालक भने घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा नेपालगन्जबाट घोराही उपमहानगरपालिका वडा नं १३ की ४० वर्षीया रीता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ का ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया विमला केसीको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र घोराहीमा उपचार जारी रहेको डीएसपी रिजालले जानकारी दिए। उनको खुट्टा भाँचिएको छ।
Sponsored
खोलाले बगाएर मृत्यु भएकाको शव झन्डै ३ किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।