TodayPati

५ महिनपछि हट्यो काठमाडौं उपत्यकाको निषेधाज्ञा

टुडेपाटी-
काठमाडौं, भदौ १७ गते ।

कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी ‘निषेधाज्ञा’ आजदेखि हटेको छ ।

Sponsored

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो समयदेखिको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

तर कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही क्रियाकलापमा भने बन्देज यथावत् छ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको थियो।

Sponsored

सबैले मापदण्ड पालना गरेर आफ्ना व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् ।

निषेधाज्ञा भन्ने शब्दै हटाएर मापदण्ड पालना गर्न अनुरोध गरिएको सूचना जारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार अबदेखि सकेसम्म विद्यालय नखोल्ने तर खोल्नैपरे स्मार्ट लकडाउनको प्रावधानभित्र खोल्न पाउने व्यवस्था गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्डको पालना गर्न र भीडभाड नगर्न अनुरोध गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *