TodayPati

प्रधानमन्त्री देउवाद्वारा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’ शभारम्भ

टुडेपाटी-
काठमाडौं, भदौ १६ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’ सुरु गरेका छन् ।

बुधबार काठमाडौं महानगरपालिका १३, विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियानको सुरुवात गरेका हुन् ।

Sponsored

सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र बगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *