चाँडै मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनका नेताहरु सहमत
टुडेपाटी-
काठमाडौं, भदौ १४ गते ।
मन्त्रिपरिषद विस्तारको विषयमा पाँच दलीय गठबन्धनका नेताहरुले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन सहमत भएका हुन् ।
बैठकमा मन्त्री परिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् ।यधपि भागवण्डाबारे भने कुने छलफल नभउको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने एक नेताले बताए
शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको जनाइएको छ ।
Sponsored