जनकपुरमा खुल्यो आधुनिक क्यापिटल ल्याब, बजारकै शुल्कमा स्तरीय जाँच
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
जनकपुरमा सुविधासम्पन्न आधुनिक पैथोलोजी ल्याब संचालनमा आएको छ ।
जनकपुरको हस्पिटल रोड स्थित प्रादेशिक अस्पतालको अगाडीमा क्यापिटल डाइगोनेष्टिक ल्याब संचालनमा आएको हो ।
यस ल्याबमा आधुनिक प्रविधिबाट भण्डै २ सय प्रकारको स्वास्थ्य जाँच सेवा सुरु भएको एमएसी मेडिकल वायो क्यामेस्ट्री संजिव चौधरीले बताए । अढाई करोडको लागतमा संचालनमा आएको क्यापिटल ल्याबमा हिस्टोपैथो बाहेक सबै प्रकारको स्तरीय एवं विश्वसनीय स्वास्थ्य जाँच गरिने उनको भनाइ छ ।
यो ल्याबमा एमडी प्याथोलोजिस्ट डा. आनन्द कुमार नायक, बीएसी एमएलटी मनिष लाभ, र एमएसी मेडिकल वायो क्यामेस्ट्री संजिव चौधरी लगायतले सेवा प्रदान गर्ने गरेका छन् ।
ल्याब क्षेत्रका विशेषज्ञद्वारा थाइराइड, रगत, दिशापिसाव लगायत कुनै प्रकारको स्वास्थ्य जाँचको रिपोर्ट एक घण्टाभित्रै दिने व्यवस्था रहेको संचालक अमित सिंहले बताए । जनकपुर क्षेत्रमा दोश्रो आधुनिक ल्याबको रुपमा सञ्चालनमा आएको क्यापिटल ल्याबले बजारका अन्य प्याथोलोजी ल्यावकै केहि थपघट शुल्कमा कम्प्युटर प्रविधिबाट स्तरीय एवं विश्वसनीय रिपोर्ट दिइने व्यवस्था रहेको संचालक सिंहको भनाइ छ ।
Sponsored
जाँच रिपोर्टको विश्वसनीयता र स्तरीयतामा कुनै प्रकारको कम्परमाइज नुहुने उनले बताए ।