TodayPati

नेपाल एयरलाइन्सको विमान चीनतर्फ उड्यो अत्यावश्यक स्वास्थ्य उपकरण ल्याउन

टुडेपाटी-

काठमाडौंं, चैत १५ गते ।

नेपाल वायुसेवा निगमको विमान कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने सामग्री लिन चीनको ग्वान्झाओतर्फ उडेको छ ।

Sponsored

शनिबार दिउँसो सवा १२ बजे नेपाल एयरलाईन्सको विमान त्यसतर्फ उडेको बताइएको छ ।

सो विमानले कोरोना भाइरस परीक्षण गर्ने किट्स र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउने छ।

सरकारले १३ चैतमा चीनमा नेपाली व्यापारीहरुले किनेर तयार पारेका अत्यावश्यक स्वास्थ्य उपकरण र परीक्षण किट्स ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान ग्वान्झाओ पठाउने निर्णय गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *