काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली बम बिस्फोट, १३ जनाको मृत्यु
एजेन्सी-
जनकपुरधाम, भदौ १० गते ।
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर दुई शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा कम्तिमा १३ जना मारिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थलको मुख्य द्वारमा पहिलो आत्घाति विष्फोट र दोस्रो बारोन होटल नजिक बिस्फोट भएको हो ।
पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो ।
बिस्फोटमा कम्तिमा १३ जाना मारिएिको तालिवानका एक प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा बच्चाहरु समेत छन् ।
प्रारम्भिक रिपोर्टहरुमा तीन अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकाले घटनामा आतंकवादी संगठन आइएसको हात रहेको जनाएको छ ।
सार्वजनिक भएका तस्बिरहरुमा घाइते व्यक्तिहरुलाई उपचारका लागि दौडाउँदै गरेको देखिन्छ । मृतकको संख्या बड्न सक्ने बताइएको छ ।
Sponsored
अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएको केही दिनमै ठूलो आतंकवादी आक्रमण भएको हो ।