TodayPati

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्‌ सञ्जीवलाई १० वर्ष ६ महिना जेल सजाय

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

श्रीमतीमाथि एसिड प्रहार गर्ने जनकपुरधामका सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । कात्तिक १९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका २६ वर्षीय साहविरुद्ध अदालतले यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले बिहीबार उक्त कैदसहित ६ लाख ५० हजार क्षतिपूर्ति दिलाउने फैसला गरेको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

Sponsored

जिल्ला अदालत धनुषाले यसअघि श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गरेको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जीव साहलाई दोषी ठहर गरेको थियो भने यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको थियो ।

यसअघि आजै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *