कोरोना शंकास्पद बिरामीको नमुना लिन पुगेको जहाज नेपालगञ्जमा दुर्घटना
टुडेपाटी-
नेपालगञ्ज, चैत १५ गते ।
कोरोना शंकास्पद बिरामीको नमुना लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको जहाज विमान अवतरणका चिप्लिएको छ ।
नेपाल एयरलायन्सको चिनियाँ वाई १२ ई जहाज अवतरणका चिप्लिएर दुर्घटना भएको हो ।
जहाज चिप्लिएर रनवे बाहिर गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
जहाजमा सामान्य क्षति पुगेको र जहाजमा रहेका सबै सकुशल रहेको उनको भनाइ छ ।
Sponsored