विश्व स्वास्थ्य संगठनले भन्यो – कोरोना महामारीको यो शुरुवात मात्र हो, विश्व अनिश्चित दिशामा
टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस महामारीको अहिले सुरुवात मात्र भएको बताएका छन् । उनले योे महामारीले विश्वको भविष्य अनिश्चित बन्दै गएको बताउँदै बेलैमा सतर्कता नअपनाए स्थिति भयावह बन्ने दिशातर्फ उन्मुख भएको चेतावनी समेत दिएका हुन् ।
जेनेभामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्ष विज्ञ डा। माइक रायन विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्रै भएको उल्लेख गरे । ‘केही देश (चीन, सिंगापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन्,’ उनले भने, ‘यी देशमा रोग पुनः नफैलियोस् भन्ने हाम्रो चाहना छ।’
तसर्थ सबै समयमै सजग रहनुपर्ने उनको सुझाव छ। कोरोना भाइरस (कोभिड) –१९ संक्रमणबाट शनिबार बिहानसम्म विश्वमा मृत्यु हुनेको संख्या २७ हजार नाघिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३२ सय ६८ जनाको मृत्यु भएको हो। यो संख्या एकै दिन मृत्यु भएको अहिलेसम्मकै ठूलो हो।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३ सय ४३ पुगेको छ। यो तथ्यांक शनिबार बिहान पौने सात बजेसम्मको हो।
यसैगरी कोरोना भाइसबाट अहिलेसम्म ५ लाख ९६ हजार २१ संक्रमित भइसकेका छन्।
Sponsored
यस्तो अवस्थामा संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीई सुरक्षा पोसाकको अभाव गम्भीर बनेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्स, स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका हुन्।
महानिर्देशक डा। गेब्रेयेसोसले कोभिड(१९ विरुद्ध जथाभावी औषधि प्रयोगमा पनि रोक लगाउन सुझाव दिएका छन्।