TodayPati

इटालीमा कोरोनाबाट एकै दिन ९ सय १९ जनाको मृत्यु, संक्रमितको संख्या साढे ८६ हजार

टुडेपाटी-

काठमाडौंं, चैत १५ गते ।

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण इटालीमा एकै दिन ९ सय बढीको मृत्यु भएको छ ।

Sponsored

कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो ।

योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन ।

Sponsored

लकडाउन अप्रिल तीनपछि पनि लागु हुने शुक्रबार सरकारी अधिकारीले बताएका थिए । कोभिड–१९ कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा ज्यान गुमाउनेको संख्या तीव्र बढेको जनाएको छ ।

बिहीबार मृत्यु हुनेको संख्या कम भएपछि अब सो क्षेत्रमा अवस्था सुधार हुँदै गएको हो कि भन्ने अपेक्षा गरिएको थियो । तर शुक्रबार अहिलेसम्मकै धेरैको मृत्यु भएपछि चिन्ता थपिएको छ ।

नयाँ संक्रमण दर भने बिहीबार भन्दा केही कम देखिएको छ । शुक्रबार इटालीमा पाँच हजार ९५९ जनामा नयाँ संक्रमण देखिएको छ ।

इटालीमा कुल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा संक्रमण फैलिने चिन्ता पनि थपिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *