कोभिड-१९ विरुद्ध दुई ट्रिलियन अमेरिकी डलरको राहत प्याकेजमा ट्रम्पले गरे हस्ताक्षर
टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न ऐतिहासिक कदम चालेका छन् । उनले २ ट्रिलियन अमेरिकी डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । शनिबार अमेरिकी संसद् (कङ्ग्रेस)ले अनुमोदन गरेपछि ट्रम्पले उक्त प्याकेजमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।
कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्र धराशायी बन्दै गएपछि आम नागरिकका लागि ट्रम्पले उक्त राहत प्याकेज ल्याएको छ । इतिहास यति ठूलो रकम भएको आपतकालीन सहायता प्याकेजलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेको हो।
अमेरिकी कामदार, साना व्यवसायी, उद्योगलगायत आर्थिक संकट खेपिरहेका व्यक्ति वा समूहलाई सहायता दिएर वित्तीय क्षेत्रलाई क्रियाशील गराउन यो प्याकेज ल्याइएको हो। अमेरिकी सिनेटले गत साता सुरुमै यो विधेयक पारित गरे पनि हाउस अफ रिप्रेजेन्टिीभले भने शुक्रबार मात्र यसलाई अनुमोदन गरेकोे जनाएको छ ।
प्याकेलमा हस्ताक्षर गरेपछि ट्रम्पले कोभिड–१९ विरुद्ध जुध्न सरकारले प्रस्ताव ल्याएको र यससँग जुध्न सबै व्यापारिक प्रतिष्ठान, आमनागरिक, पेशागत समूहलाई आग्रह समेेत गरेका छन् ।
Sponsored