TodayPati

कोरोना रोकथामकालागि प्रदेश २ सरकारलाई चौधरी फाउण्डेशनको सहयोग

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

प्रदेश २ मा कोरोना संक्रमितलाई उपचारकालागि चौधरी फाउन्डेसनले मुख्यमन्त्री लालबाबु राउतलाई सुरक्षा उपकरण हस्ताण्तरण गरेका छन् ।

फाउण्डेशनले कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको हो । प्रदेशका मुख्य स्वास्थय केन्द्रमा वितरण गर्न उक्त उपकरण मुख्यमन्त्री राउतलाई हस्ताण्तरण गरिएको बताइएको छ ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले शुक्रबार बिहानमात्रै ट्विट गर्दै सातै प्रदेशका ३३ स्वास्थ्य केन्द्रहरूमा पीपीई वितरण गरिसकिने बताएका थिए।

Sponsored

उनले तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा पूर्ण नभएको भन्दै देशभरका सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैलाई आग्रह गरेका छन्।

अब आफूहरूको ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित रहेको उनले बताएका छन्।
अध्यक्ष चौधरीले विषम परिस्थितिमा दिनरात खटेर ज्यानको जोखिम मोल्दै देशैभर सुरक्षा उपकरण बाँड्न हिँडेका आफ्ना सहकर्मीहरूप्रति पनि आभार व्यक्त गरेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *