TodayPati

‘लकडाउन’ बढाउने नेपाल सरकारको तयारी

टुडेपाटी-
काठमाडौं, चैत १४ गते ।

महामारी कोरोना भाइरस संक्रमण रोक्न एकसाताको लागि लगाएको लकडाउनको अवधि नेपाल सरकारले बढाउने भएको छ । विभिन्न देशबाट हवाई र स्थलमार्ग हुँदै नेपाल भित्रिएका व्यक्तिहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारले तयारी थालेको हो ।

त्यसै हिँसाबले तयारी गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

Sponsored

‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगीरव्यवसायीहरुलाई भनिसकेको बताए ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ । भारतले पनि नेपालले लगाएको भोलिपल्टै देशव्यापी लकडाउन गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *