TodayPati

नेपालमा भेटिए कोरोना भाइरसको चौथो संक्रमित

टुडेपाटी-

जनकपुरधाम, चैत १४ गते ।

नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन् ।

Sponsored

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Sponsored

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको यो पहिलो केश हो । ती व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनी दुबईबाट आएका हुन् ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *