लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले अब यसरी पक्राउ गर्न थाले
टुडेपाटी-
काठमाडौं, चैत १४ गते ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा फैलिन नदिन सरकारले गरेको लकडाउन कडा बनाइने भएको छ । लकडाउन उलंघन गर्ने क्रम जारी रहेपछि प्रहरीले नयाँ प्रविधिको प्रयोग गरी उलंघन गर्नेहरुलाई पक्राउ गर्न थालेको छ ।
शुक्रबारदेखि प्रहरीले अनावश्यक ढंगले हिँडडुल गर्नेलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको हो ।
काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ गरेको छ ।