TodayPati

इटालीमा सय वर्ष नाघेका वृद्ध कोरोनाको उपचारपछि घर फर्के

रोम, चैत १४ गते ।

इटलीमा सय वर्ष नाघेका एक वृद्ध व्यक्ति कोरोनाको उपचारपछि शुक्रबार घर फर्किएका छन् ।

१ सय १ वर्षका वृद्ध ग्लोरिया लिसिस्थित अस्पतालबाट उपचारपछि स्वस्थ भएर घर फर्किएको रिमिनीका मेयरले शुक्रबार एक विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

Sponsored

इटली कोरोनाले अतिप्रभावित क्षेत्र हो। हालसम्म इटलीमा ८० हजार ५८९ कोरोनाबाट संक्रमित छन्।

त्यहाँ ८ हजार २१५ को मृत्यु भइसकेको छ। कोरोना भाइरस ७० वर्ष नाघेका वृद्धवृद्धा तथा घातक रोगले च्यापेका मानिसका लागि धेरै जोखिम भएको बताइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *