TodayPati

कोरोनाबाट पेरिसमा अहिलेसम्मकै कम उमेरकी १६ वर्षीया किशोरीको ज्यान गयो

टुडेपाटी-

जनकपुरधाम, चैत १४ गते ।

कोरोना भाइरसका कारण फ्रान्सको पेरिसमा एक १६ वर्षिया किशोरीको मृत्यु भएको छ । उनलाई सामान्य खोकी लागेपछि तीन दिन अघि उनी परिवारलाई लिएर स्थानीय अस्पताल पुगेकी थिइन् ।

Sponsored

ती अस्पतालबाट रिफर भएकी जुली एको नेकर अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ । फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउने जुली अहिलेसम्मकै सबैभन्दा कम उमेरकी छन् ।

अस्पतालले भने जुलीमा सामान्य स्वासप्रश्वास समस्या हुनुअघि कुनै रोग नभएको जनाइएको छ ।

जुलीको मृत्युपछि उनकी दिदी मेननले कोरोनाले वृद्धवृद्धाको मात्र ज्यान लिन सक्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएकी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *