सर्लाहीमा खेलाडीहरु चढेको पिकअप भ्यान पल्टिदाँ एकको मृत्यु, २८ जना घाइते
टुडेपाटी–
सर्लाही, साउन २३ गते ।
सर्लाहीमा फुटबल खेलाडी चढेको पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो खेलाडी बेकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान पल्टिदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएकोइलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दाहालको उपचारको क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
थापाका अनुसार फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दी १६ परवानिपुरतर्फ जादैं गरेको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटना भएको थियो ।
Sponsored
दुर्घटनामा गम्भीर घाईते भएका ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको छ । अन्य २२ जना सामान्य घाइतेका उपचार लालबन्दी स्थित गढिमाई र मोडेल अस्पतालमा भइरहेको छ ।
दुर्घटनामा परेको पिकअप नियन्त्रणमा रहेको र चालक फरार रहेकाले तिनको खोजीका साथै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।