TodayPati

प्रदेश २ : लकडाउनको अवज्ञा गर्ने १६ जना पक्राउ, २ सय सवारीसाधन नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।

कोरोना संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउनको तेश्रो दिन उलंघन गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २ को आठवटै जिल्लाबाट बिहीबार १६ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले टुडेपाटीलाई जानकारी दिए ।

उनका अनुसार बिहीबार साना तथा ठुला गरी २ सय सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ । यसअघि लकठाउनको दोश्रो दिन प्रहरीले प्रदेश २ को आठवटै जिल्लाबाट ४ सय २४ सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
बिहीबार पनि पक्राउ परेका मासिनहरुलाई साँझ सम्झाई बुझाइ छोडिएको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *