TodayPati

बजारमा ग्यासको अभाव, अब आधा सिलिण्डर ग्यास मात्र पाइने

टुडेपाटी-
काठमाडौं, चैत १३ गते ।

कोरोना संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको बेला ग्यास अभाव भएपछि अब मात्रै आधा सिलिण्डर ग्यास पाइने भएको छ । आधा सिलिण्डर ग्यास मात्र उपभोक्तालाई बेच्न नेपाल आयल निगमले उद्योगहरुलाई निर्देशन दिएको हो ।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो ।

Sponsored

आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए ।

कोरोना सन्त्रासले बजारमा ग्यासको माग उच्च रहेपनि बजारमा आपूर्ति कम रहेकोले कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *