TodayPati

विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई

टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।

विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

उनले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको समेत बताएका छन् । 

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’ मोदीले भनेका छन्। 

प्रधानमन्त्री नियुक्त हुने वित्तिकै देउवालाई मोदीले बधाई नदिएको विषयलाई चासोका साथ हेरिँदै आएको थियो।

आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *