विश्वभर साढे ३ अर्ब बढी डोज खोप लगाइयो, सबैभन्दा बढी चीनमा १ अर्ब ४२ करोड
टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।
विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पछिल्लो समय विश्वभर कोरोनाविरुद्धको खोप अभियानले तीव्रता पाउन थालेको छ ।
विश्वमा सबैभन्दा धेरै डोज खोप चीनमा लगाइएको छ । चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज खोप लगाइएको छ। त्यस्तै भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८ सय ७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
त्यसैगरी अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज खोप लगाइएको छ ।
जर्मनी आठ करोड ४९ लाख ८९ हजार ८५०, बेलायतमा आठ करोड २३ लाख ९२ हजार १९४, जापान छ करोड ६७ लाख १४ हजार ५२८, फ्रान्समा छ करोड ३३ लाख १९ हजार ८०५, टर्कीमा छ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
Sponsored
त्यसैगरी इटाली छ करोड पाँच लाख ७१ हजार ३४१ डोज खोप लगाइएको छ। विश्वका विकासशील राष्ट्रभन्दा विकसित देशहरुले धेरै खोप लगाएका छन् । एजेन्सी