TodayPati

आगामी तीनदिन देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा हुनेछन् भीषण वर्षा

टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।

आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ । केही भेगमा भने भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान देशभर मौसम बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै‚ सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ । 

Sponsored

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै  स्थानमा भीषण वर्षाको  सम्भावना रहेको छ । साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार पनि मौसम बदली रही पानी पर्ने सम्भावना रहेको छ । दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको  सम्भावना रहेको छ । साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Sponsored

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थाना भीषण वर्षाको  सम्भावना रहेको छ । साथै‚ सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको  सम्भावना रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *