TodayPati

प्रदेश २ सरकारबाट दुई मन्त्रीले दिए राजीनामा, माओवादीबाट दुईजना मन्त्री बन्दै

टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।

प्रदेश २ सरकारका एक मन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

Sponsored

नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न स्वेच्छाले राजीनामा दिएको राज्इमन्त्री कुशवाहाले जानकारी दिए ।

उनका अनुसार दुबैजना मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा पत्र बुझाएका छन् ।

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् ।

Sponsored

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले टुडेपाटीलाई बताए।

मुख्यमन्त्री राउतले आज शनिबार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागि हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्वपूर्ण मन्त्रालय लिएर सररमा सहभागि हुने तय गरेको छ ।

प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्न लागेका हुन् । दुबैजना आज दिउँसो ३ बजे मधेश भवनमा पदतथा गोपनियताको शपथ लिने तयारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *