कोरोना संक्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन निर्माण, ५९ बेड तयार
टुडेपाटी-
महोत्तरी, चैत १३ गते ।
कोरोना संक्रमण रोक्न महोत्तरीमा ५९ बेडको क्वारेन्टाइन तयार भएको छ । जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार गरिएको हो ।
यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो ।
राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आपूmले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराएकी छन् । यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटलका प्रबन्धक दीपक कार्कीले बताए ।
सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरु गरेसँगै महोत्तरीमा बजार, यातायात बन्द गरिएको छ ।
जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । जिल्ला प्रशासनले गत शुक्रबार कतार एयरवेजबाट मुलुक फर्केकामध्ये महोत्तरीका ११ मध्ये पाँच सम्पर्कमा आएका जनाएको छ ।
पाँचै जना परिवारसहित क्वारेन्टाइनमा रहेका छन् । अन्य छ जनाको खोजी भइरहेको छ ।
Sponsored