राजिनामा दिने तयारीमा मन्त्री यादव
टुडेपाटी-
जनकपुरधाम,साउन १ गते ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् ।
भोलिसम्म मन्त्री यादवले राजिनामा दिने तयारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र सरकारमा भोलि सहभागी हुने भएको छ ।
त्यसकारण उक्त मन्त्रालय माअोवादीलाई दिन मन्त्री यादवले राजिनामा दिन लागेको बताइएको छ ।
माअोवादीलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको मन्त्री यादवले बताएका छन् ।
Sponsored
भोलि प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुबी कर्ण राज्यमन्त्रीको शपथ लिने तयारी छ ।