प्रदेश २ सरकारमा भोलि माओवादी सहभागी हुने, साह मन्त्री र कर्ण राज्यमन्त्री हुने
टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।
प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ ।
माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा जाने तय गरेको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद मन्त्री र रुबी कर्ण राज्यमन्त्री हुने टुंगो लागेको छ ।
दलका नेता साहका अनुसार जसपाको भागमा रहेका तीन वटा मन्त्रालयमध्ये एउटा मन्त्रालय माओवादीलाई दिने सहमति भएको छ।
भोलि ३ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको उनले बताए ।
Sponsored
स्रोतका अनुसार अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा कानुन वा कृषि मन्त्रालयमध्ये कुनै १ मन्त्रालय माओवादी केन्द्रलाई दिइने छ। यता मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई दिने मन्त्रालयको मन्त्रीलाई समेत राजीनामा गराउने तयारी गरिरहेको जनाइएको छ।