TodayPati

गन्तव्यतर्फ पुर्‍याइदिने भन्दै बाटोमा युवतीलाई पटकपटक बलात्कार गर्ने २ ट्रक चालक वीरगञ्जबाट पक्राउ

टुडेपाटी-
वीरगञ्ज, साउन १ गते ।

पर्सा प्रहरीले बलात्कार गरेको आरोपमा दुई जना ट्रक चालकलाई पक्राउ गरेको छ ।

काठमाडाैंबाट बुटवल पुर्‍याइदिने भन्दै वीरगञ्ज लगेर एक युवतीलाई बाटाेमा पटकपटक जबरजस्ती करणी गरेकाे आराेपमा दुबै चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना.५ ख २८७० नम्बरको ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महताे र ना.६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महताे छन् ।

Sponsored

गत असार २७ गते बिहान रूकुम घर भएकी १९ वर्षीया ती युवती काठमाडाैँकाे कलंकीबाट बुटवल जाने भनी दुई वर्षीय छोरासहित सुनिलले चलाएको ना.५ ख २८७० नम्बरको ट्रकमा चढेकी थिइन् ।

यात्राको क्रममा जाममा परेकाे र साेही बखत सुनिलले उनलाई ट्रकमै करणी गरेको प्रहरीले जनाएकाे छ ।

त्यसपछि उनलाई चितवनकाे रामनगर पुर्‍याइएकाे र बुटवल जाने ट्रक भनेर २९ गते दिउँसो १ बजे शिवबालकले चलाएको अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाएर वीरगञ्जतर्फ लगेकाे खुलेकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Sponsored

उनका अनुसार चालक शिवबालकले बुटवल जाने भनी वीरगञ्जतर्फ ल्याइ आफूले, सहचालकले र अर्को एक व्यक्ति समेतले ती युवतीलाई पटकपटक जबरजस्ती करणी गरेको बयान दिएकाे छ ।

जबर्जस्ती करणी गरेपछि शिवबालकले ३० गते वीरगञ्ज–१७ स्थित ड्राईपोर्टमा युवतीलाई ट्रकबाट ओराली अलपत्र पारेका थिए ।

प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले युवतीकाे उद्धार गरी सोधपुछका आधारमा जबर्जस्ती करणी गर्ने चालक सुनिल र शिवबालकलाई गाडीसहित नियन्त्रणमा लिएकाे डीएसपी खनालले बताए ।

जबर्जस्तीकरणी गर्ने अन्य दुई जनाको खोजी कार्य भइरहेको उनले बताए । पक्राउ परेका दुवै जनाविरुद्द जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *