प्रदेश २ लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी भर्नाको लागि निकाल्यो विज्ञापन, कुन पदमा कति ?
टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।
प्रदेश २ लोक सेवा आयोगले अधिकृत स्तर (प्राविधिक अप्राविधिक) को लागि ठ्रलो संख्यामा विज्ञापन निकालेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।
अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिकरअप्राविधिक), अधिकृत सातौँ (प्राविधिकरअप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।
यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।
यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ ।
दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।
Sponsored
परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ ।