TodayPati

बुधबार विशेष अदालतमा हाजिर भएका गच्छदार १० लाख धरौटीमा रिहा

टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।

बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका काँग्रेस नेता तथम पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छुटेका छन् ।

भ्रष्टाचार अभियोगमा फरार रहेका गच्छदार बुधबार विषेश अदालतमा हाजिर भएका थिए । उनलाई अदालतले १० लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

Sponsored

गच्छदार आजै धरौटी रकम बुझाएर छुटेका छन् ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप उनीमाथि थियो। 

गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो। 

Sponsored

गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए। 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *