TodayPati

झण्डै एक दशक लगाएर निर्माण गरेको जनकपुर विमानस्थलको टावर भत्किन थाल्यो


टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।

झण्डै एक दशक लगाएर ४२ करोड रुपैयाँमा निर्माण गरिएको जनकपुरधाम विमानस्थलको कन्ट्रोल टावर भत्किन थालेको छ ।

संचालनमा आएको सात महिनामै कन्ट्रोल टावर भत्किन थालेको हो ।

Sponsored

May be an image of outdoors

४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । थोरै दिनमा कन्ट्रोल टावरमा क्षति पुगेपछि निर्माणको गुणस्तरीयता माथि प्रश्न उठेको हो ।

विमानस्थलका प्रमुख किरण गौतमले हावाहुरीका कारण कन्ट्रोल टावरको सिमेन्ट ब्लक उप्केको हुनसक्ने बताएका छन् । एक वर्षसम्म मर्मत सम्भारको काम ठेकेदार कम्पनीले नै गर्नुपर्ने भएकाले क्षति पुगेको भागलाई पुनः ठेकेदारले नै मर्मत गर्ने उनको भनाइ छ ।

डेढ वर्ष भित्र १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ गते सम्झौता भएको थियो ।

Sponsored

No photo description available.

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको समय पटक–पटक थप्दै ८ वर्ष पुर्याइएको थियो ।

समयमा निर्माण नहुँदा अन्ततः २०७४ सालमा पप्पुसँगको सम्झौता रद्द गरिएको थियो ।

त्यसपछि, बाँकी काम र फिनिसिङ्ग गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम गाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरियो । जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन २०७७ मंसिर २३ गते सञ्चालनमा आएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *