मुख्यमन्त्रीको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि, मुख्यमन्त्री पनि क्वारेन्टाइनमा
टुडेपाटी-
नयाँ दिल्ली, चैत १२ गते ।
भारतको मध्य प्रदेशमा एक पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । पत्रकार सम्मेलनमै सहभागी भएका उनलाई कोरोना (कोभिड–१९०) भाइरसको संक्रमण पुष्टि भएको हो ।
मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ ।
आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन् ।
पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन । भारतमा ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।