TodayPati

ओली पक्षका युवाहरुले जनकपुरमा जलाए विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला

टुडेपाटी-
जनकपुरधाम, असार २० गते ।

नेकपा एमाले ओली पक्षका युवाहरुले जनकपुरमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला जलाएका छन् ।

एमाले ओली पक्षका युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुले आइतबार अपराहन्न जनकपुरमा शक्ति प्रदर्शन गर्दै जनकचोकमा विपक्षी गठबन्धनका नेताहरुको पत्ला जलाएका हुन् ।

Sponsored

ले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला जलाएका हुन् ।

उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् ।

केहिदिन अघि विपक्षी गठबन्धनका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । त्यसको प्रतिवादमा उनीहरुले शक्ति प्रदर्शन गर्दै विपक्षी गठबन्धनका नेताहरुको पुत्ला जलाएका हुन् ।

Sponsored

एकसाता अघि विपक्षी गठबन्धन सम्वद्ध युवाहरुले संयुक्त रुपमा प्रतिगमन विरुद्ध प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन गर्दा युवासंघका नेताकार्यकर्ताहरु प्रतिकारमा उत्रेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *