‘लकडाउन’को दोस्रोदिन जनकपुरबाट १२ जना पक्राउ, दर्जनौं सवारी नियन्त्रणमा
टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।
जनकपुर लगायत धनुषा जिल्ला भरि ‘लकडाउन’ उलंघन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनको दोश्रो दिन बुधबार बिहानदेखि १० बजेसम्म १२ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले टुडेपाटीलाई जानकारी दिए ।
त्यस्तै लकडाउनको अवज्ञा गर्दै चालउने दर्जनौ सवारीसाधन विभिन्न स्थानबाट नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । यसअघि लकडाउनको पहिलो दिन लकडाउनको अवज्ञा गर्ने बस, ट्रक, कार, जीप र मोटरसाइकल गरी ३ सय ६९ सवारीसाधन नियन्त्रण नियन्त्रणमा लिएको थियो । ८ जना मानिसलाई मंगलबार पक्राउ गरी साँझ छाडिएको थियो ।
प्रहरीले लकडाउनको दोश्रोदिन जनकपुर लगायत शहरी क्षेत्रमा थप कडाई गरेको छ । मानिसहरु घरबाट ननिस्किउन् भनेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी खटिएका छन् ।