TodayPati

बर्दिबासको होटल ‘पावन मिथिला’ क्वारेन्टाइनका लागि तयार

टुडेपाटी-

महोत्तरी, चैत १२ गते ।

महोत्तरीस्थित बर्दिबासमा संचालित होटल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने भएका छन् ।

Sponsored

राजपा नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल ‘पावन मिथिला’लाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने गरी तयार गरेकी छन् । 

प्रदेश २ को सरकारले आवश्यक परेको खण्डमा सो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्ने राउतले बताइन् ।

‘महामारीको यत्रो त्रास भइरहको बेलामा मैले आफ्नो तर्फबाट के योगदान गर्न सक्छु भन्ने सोचें’, उनले भनिन्, ‘त्यसपछि सो होटललाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो।’

Sponsored

होटलमा ४५ वटा कोठाहरु र तीनवटा ठूला हलहरु रहेको राउतले बताइन्। ‘त्यहाँ उपलब्ध वस्तुहरु प्रयोग गर्न सकिन्छ’ उनले भनिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *