TodayPati

इटालीमा कोरोनाबाट मंगलबार मात्र ७ सय ४३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या करिब ७ हजार

टुडेपाटी-

जनकपुरधाम, चैत १२ गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा मंगलबार मात्र ७ सय ४३ जनाको मृत्यु भएको छ । यो सोमबारको तथ्यांकभन्दा १४१ जनाले बढी हो । लकडाउन घोषणा गरिए पनि यहाँ दुई सातायता मृत्युदर घट्ने संकेत देखिएको छैन। दिनप्रतिदिन बढ्दो छ ।

Sponsored

मंगलबार ७ सय ४३ जनाको मृत्यु भएसँगै इटालीमा मर्नेको संख्या ६ हजार ८ सय २० पुगेको रोयटर्सले जनाएको छ । संक्रमितको संख्या ६९ हजार १७६ पुगेको छ ।

आइतबार र सोमबार मृतकको संख्यामा थोरै कमी आए पनि इटालीमा मंगलबार फेरि बढको छ । कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट सुरु भए पनि मृतक संख्या इटालीमा सधैभन्दा धेरै पुगेको छ । इटालीमा गत शनिबार अहिलेसम्मकै धेरै एकैदिन ७ सय ९३ जनाको मृत्यु भएको थियो ।

इटालीको उत्तरी इलाका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । विशेषज्ञहरुले इटालीमा वृद्ध, जेष्ठ नागरिक धेरै भएकाले मृत्युदर बढेको बताइरहेका छन्। सांस्कृतिक र सामाजिक गतिविधिले संक्रमण फैलाउन मद्दत गरेको उनीहरुको निष्कर्ष छ ।

Sponsored

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १८६ देशमा कोरोनाको संक्रमण देखिएको छ । करिब ४ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या १६ हजार ५ सय नाघेको छ । करिब १ लाख विरामी उपचारपछि घर फर्किएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *