TodayPati

लुम्बिनी सरकारका राज्यमन्त्री सुमनले दिइन् राजिनामा

टुडेपाटी

भैरहवा , असार १८ गते ।

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य एवं लुम्बनी सरकारका भौतिक पूर्वाधार राज्य मन्त्री सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा गरेकी छिन् ।

Sponsored

जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर समूहको उस्काहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै राजिनामा दिएकी छिन् ।

शर्माको राजिनामाले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद सोच, शंकर पोखरेल नेतृत्वको लुम्वनी सरकार र जसपा ठाकुर महतो खेमालाई एक साथ झटका लागेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रलोभनमा परि पार्टी निर्णय विपरित गएकाहरु चाँडै घर फर्किने घोषणा गरे लगतै सुमनको राजिनामा आएको हो ।

Sponsored

जसपाको आधिकारिकता सम्बन्धि विवाद निर्वाचन आयोगमा रहकै बेला ठाकुर महतो समूहका नेता कार्यकर्ताहरु संस्थानपक्ष तिर आउन लागेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *