TodayPati

प्रदेश २ : कोरोनाको उपचार जनकपुरमा, मन्त्री साहको नेतृत्वमा समिती

टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।

प्रदेश २ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामकालागि प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टाइन र आइशोलेसन वार्ड निर्माण सुरु गरेको छ । आजैदेखि संचालनमा ल्याउनेगरी स्थानीय सरकार र प्रशासनको समन्वयमा सरकारले जिल्ला जिल्लामा कोरोना भाइरस संक्रमितकालागि क्वारेन्टाइन र आइशोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

मंगलवार समाजिक विकास मन्त्रालयले आयोजना गरेको समबन्धित पक्षहरुसँगको बैठकबाट धनुषाको नगराइनस्थ्ति आयुवेर्द मेडिकल कलेजमा ५० बेड, जनकपुरस्थ्ति मणिपाल शिक्षण अस्प्तालको प्रयोगबिहीन बनेको भवनमा ५० बेड, जानकी मेडिकल शिक्षण अस्पतालमा ६० बेडको क्वारेन्टाइन स्थापना गर्न लागेको हो । जसमध्ये जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा कोरोेनाको मात्र उपचार हुनेगरी विशेष व्यवस्था गरेको छ ।

यसैगरी वीरगंज, सिरहाको धनगढी, रौतहटको विभिन्न ठाउँ, सप्तरी लगायतका ठाउँमा समेत क्वारेन्टाइन र आइशोलेसन वार्ड बनाउन थालेको छ । सम्भवतः आजैदेखि संचालनमा ल्याउनैगरी सबेठाउँमा काम भइरहेको प्रदेश स्वस्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक विजय झाले बताए । उनका अनुसार कोरोणा भाइरसमबन्धी उपचार तथा रोकथामकालागि समाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सदस्य छन्।

Sponsored

कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गर्नेछ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि समिति भोलि बुधबारदेखि सक्रिय हुने उनले बताए।

समाजिक विकास मन्त्रालयले मंगलबार कोरोना संक्रमण तथा रोकथामको विषयमा छलफल गर्न सम्बन्धित पक्षको बैठक डाकेको थियो। बैठकमै मन्त्री साहको संयोजकत्वमा समिति गठन भएको अधिकृत झाले बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *