TodayPati

कोरोना महामारीले दिल्लीका २ हजार बालबालिका अभिभावक बिहीन

एजेन्सी-
नयाँ दिल्ली, असार १८ गते ।

दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । 

सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् ।

Sponsored

त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन् । यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।

सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ । 

एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, “आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्याङ्कको प्रयोग गरेर कोभिड–१९को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गर्ने गरेको बताइएको छ । 

Sponsored

अप्रिलमा स्थापना गरेको हेल्पलाइनले अहिलेसम्म चार हजार ५०० भन्दा बढी गुनासा सङ्कलन गरेको उल्लेख छ ।

“यीमध्ये दुई हजार २०० ‘एसओएस’ वर्गका गुनासा रहेका छन् । यी एसओएस गुनासोहरूमा खाद्यान्न, चिकित्सा, आपतकालिन अवस्था, परित्याग गरिएका बच्चाहरूका मुद्दा, कोभिड–१९परीक्षण सम्बन्धित आवश्यकताहरू जस्ता जरुरी सेवाको तत्काल आवश्यकता पर्ने बच्चाहरू र परिवारहरू छन् ।” 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *