TodayPati

जानीजानी रोग फैलाउनेलाई १० वर्ष जेल

टुडेपाटी-
काठमाडौँ, चैत १२ गते ।

कोरोना भाइरस संक्रमणले विश्वव्यापी रुपामा फैलिन थालेपछि रोग फैलिन नदिन सरकारले विशेष सर्तकता अपनाएको छ । सरकारले मुलुकमा यतिखेर लकडाउन घोषणा गरेको छ । तर रोगत संक्रमित व्यक्ति वा अरुकसैले रोग फैलाए के सजाय हुने चर्चा समेत उतिकै चलेको छ ।

मुलुकी अपराध संहितामा कसैले आफुलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतबश अरुलाई सारेमा, लापरबाही वा हेलचक्रमयाँई गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अर्थात् कुनै पनि सरुवा रोग जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित जरिवाना हुनेछ। अपराध संहिताले रोग लागेका व्यक्तिले लापरबाही र हेलचेक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ।

Sponsored

संहिताको दफा १०४ मा संक्रामक रोग फैलाउन नहुने व्यवस्थाअन्तर्गत कसैले कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने, फैलिन सक्नेगरी काम गर्न नहुने उल्लेख छ।
अपराध संहिताको दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुनको उल्लंघन गर्न नहुने व्यवस्था छ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ। सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ।

मुलुकमा कोरोना भाइरसको जोखिम बढेपछि संक्रामक रोग ऐन २०२० पनि आकर्षित हुन सक्नेगरी सरकारले लक डाउन गरिसकेको छ। ऐनअन्तर्गत दिइएका आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिना कैद वा सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ऐनमा काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *