मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली युवकको डिउटीमै अचानक मृत्यु
टुडेपाटी-
क्वालालम्पुर, असार १७ गते ।
वैदेशिक रोजगारीमा मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको छ।
करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल सुनसरी झुम्का निवासी ३० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।
उनको बुधबार बिहान हृदयाघातबाट मृत्यु भएको जनाइएको छ ।
बिहान करिब ४ बजेतिर श्वास फेर्न अप्ठ्यारो भएर हिकहिक गर्दै काम गर्ने ठाउँमै ड्युटीमै कुर्सीमा बसिरहेको बेलानै भुइँमा ढलेका मनोजलाई थप उपचारको लागि अस्पताल लैजाने तयारी गरिरहेकै बेला मृत्यु भएको हो ।
मृतक मनोजको घरमा बुवा,आमा,श्रिमती र एक छोरा रहेका छ्न् ।
Sponsored
हाल मृतक मनोजको शव पोस्टमार्टमको लागि इपो अस्पतालमा लगिएको छ ।
पोस्टमार्टम सकिएपछि मृतकको शव नेपाल फर्काउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।