जनकपुर–काठमाडौँ हवाई उडान भोलिदेखि सञ्चालन हुने
टुडेपाटी–
जनकपुरधाम, असार १६ गते ।
जनकपुर–काठमाडौँ हवाई उडान सेवा सेवा भोलिदेखि संचालन हुने भएको छ ।
बुद्ध एयरले असार १७ गते अर्थात बिहीबारदेखि हवाई उडान गर्ने जनाएको छ ।
सरकारले जारी गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गर्दै नियमित हवाई उडान सेवा संचालन हुने बुद्ध एयर जनकपुरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले जानकारी दिए ।
उनका अुनसार जनकपुर–काठमाडौँ एटिआर ७२ को दैनिक तीनवट नियमित उडान सेवा सुरु हुनेछ ।
Sponsored
जनकपुरबाट पहिलो उडान विहान १०ः२० बजे र काठमाडौँबाट ०९ः ४० बजे, दोस्रो जनकपुरबाट दिउँसे १२ : ५० र काठमडौँबाट १२ः१० र तेस्रो जनकपुरबाट बेलुकी ०५ : ५० र काठमाडौँबाट ०५ :१० बजे नियमति उडान संचालन हुने स्टेशन म्यानेजर सिंहले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लामो समयदेखि हवाई उडान सेवा बन्द गरेको थियो ।
संक्रमण घटेपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरि उडान गर्ने निर्णय गरेको हो ।